कार्यकर्ताले नेताहरुलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.कोइराला

news-details

नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकर्ताहरुले नेताहरुलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरुले प्रश्न गर्न नसक्ने हो भने ‘दास’ हुने भन्दै कार्यकर्ता कसैको दास नभएको बताए ।
नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि अगाडि बढ्न नसकेको पनि उनको भनाइ छ ।

उनले भने, ‘अहिले हामी सबैभन्दा ठूलो पार्टी छौ । तर हामी तीन बर्षदेखि कहा छौ ? सोध्नु भयो वा सोच्नु भयो ? किन यस्तो भइरहेको छ भनेर कहिले सोच्नु भएको छ ? सबैभन्दा ठूलो पार्टी हुदाँहुदैँ पनि करिब तीन वर्षदेखि केही भएको छैन् भनेर कसैले कसैलाई प्रश्न गर्दैन् । नेपाली काङ्ग्रेस र माओवादी मिलेर चुनाव लड्यो, माओवादी र एमालेको सरकार बन्यो । तर किन बन्यो भनेर प्रश्न गर्दैनौ । नेताहरुलाई कार्यकर्ताहरुले प्रश्न गर्न सकिदैँन् भने दास हुन्छन् र तपाई हामी कसैको दास होइन् ।’

यस्तै, उनले आफैं आफैं बीचमा लड्ने प्रवृत्तिले नेपाली काङ्ग्रेसलाई कमजोर बनाउने भन्दै काङ्ग्रेस आफैंमा चाहीं कमजोर नभएको बताए ।

उनले तल्लो तहका जिल्लाबासीहरुले आफ्ना कुराहरु स्पष्ट रुपले राखेको भन्दै खुसी पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘काङ्ग्रेस चलाएमान भएन भनेर भन्नुहुन्छ । म त के भन्छु भने काङ्ग्रेस यति धेरै चलाएमान भएको मैले कहिले पाएको थिएन् । मलाई आज खुसी के कुरामा लागेको भने तल्लो तहको जिल्लाबासीले आफ्ना कुराहरु स्पष्ट रुपले राख्नुभयो । तर हामीहरु त्यो सुन्न तयार छैनौ, नेताहरु त्यो सुन्न तयार छैन् ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *