यस्तो छ आजको मौसम

news-details

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

जसका कारण कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने कोशी र मधेश प्रदेशको केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा मौसम बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आज राति भने कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा मौसम बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका केही स्थानहरू र बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *