संघीय संसदका दुवै सदनको बैठक बस्दै
- जेष्ठ २१, २०८२
- 0

संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ ।
प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।
राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । यो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।
0 प्रतिक्रिया
रक्तदाता समूहद्धारा क्यान्सर पिडित वृद्धालाई आर्थिक सहयोग

लायन्स क्लब अफ काठमाडौं रक्तदाता समूहले क्यान्सरपिडित ७२ वर्षिय उत्तरमाया राईलाई आर्थिक सहयोग प्रदान गरेको छ । विगत लामो समयदेखी […]
देउवा भन्छन् : बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको बजेट राम्रो रहेको प्रतिक्रिया दिएका छन् । बिहीबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभापति […]
मुक्तिनाथ केवलकार परियोजनाको ५७ अर्ब ६४ करोडको लगानी स्वीकृत

लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री […]
आफूले अनुचित काम नगरेको माधव नेपालको दाबी

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन । अख्तियार […]
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद पद स्वतः निलम्बन

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा […]