सदनको अवरोध खोल्न माओवादीले अन्य विपक्षी दलहरुसँग छलफल गर्ने
- जेष्ठ २२, २०८२
- 0
नेकपा माओवादी केन्द्रले संसद्को अवरोध हटाउन सत्तापक्ष र विपक्षीसँग छलफल गर्ने भएको छ ।
बिहीबार बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले संसद् अवरोध खुलाउन पहल गरी सदनमा एउटा छलफलको वातावरण बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
उनले भने,‘जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्न अधिकतम जोड हुनेछ । भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य छ । मुख्य चाँही छानविन हो । व्यक्ति विशेषमा हाम्रो ध्यान छैन् । तर मुख्य कुरा छानबिनकै हो भन्ने छ । अब यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने हिसाबले हिजोको सदन स्थगित भएको हो । सरकारी पक्षका पार्टी र विपक्षी पार्टीसँगग कुराकानी गर्नुपर्ने छ । आज कुराकानी हुन्छ । यो महत्वपूर्ण विषय भएकोले सदनमा एउटा छलफलको वातावरण हुनुपर्छ भन्ने हाम्रो आजको छलफलको निष्कर्ष निकालेको छ ।’
माओवादी केन्द्रले संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिनुपर्ने पक्षमा रहेको संकेत समेत देखाएको छ ।
0 प्रतिक्रिया
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। २ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक […]
एनआरएनए उपाध्यक्ष न्यौपाने समूहको अर्को जलविद्युत् आयोजना अघि बढ्यो, जल्दीगाडमा ४ अर्ब ६० करोड लगानी सुनिश्चित

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने नेतृत्वको प्रवर्द्धक समूहले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण गर्न लागेको २२.५० […]






