गणतन्त्र दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भने : ‘आज जनताले इतिहास लेखेको दिन’
- जेष्ठ १५, २०८२
- 0

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा सशभकामना दिएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आज शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन भएको बताएका छन् ।
उनले लेखेका छन्,‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज।मुकुटको होइन—मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो
बलिदानीपूर्ण संघर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन। गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना।’
0 प्रतिक्रिया
अफताव आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार हुदै

दुई दिनअघि ज्यान मुद्दाबाट सफाइ पाएर रिहा भएका काँग्रेस नेता अफताव आलमलाई मस्तिष्कघात भएको छ । मस्तिष्कघातपछि माइतीघरस्थित न्युरो अस्पताल […]
नारायणहिटी दरबार आसपास निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले आज एक सूचना जारी गरी यही […]
बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको बताएका छन् । […]
बजेटबारे व्यवसायी : सन्तुलित, अलिकति महत्वकांक्षी र विकासोन्मुख छ

काठमाडौं । सरकारले सार्वजनिक गरेको बजेटमा व्यवसायीहरले सकारात्मक प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष २०८२।०८३ को लागि आएको बजेट वर्तमान […]
प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक

कार्यव्यवस्था समितिको बैठकले प्रतिनिधिसभा बैठकको जेठ र असारको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ । शुक्रबार बसेको समितिको बैठकले जेठ […]