कोटा प्रणालीमार्फत मल वितरण व्यवहारिक भएन : सांसद सापकोटा
- बैशाख २५, २०८२
- 0
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोटा प्रणालीमार्फत मल वितरणको प्रक्रिया व्यवहारिक नरहेको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच केजी मात्र प्राप्त गर्ने अवस्था रहेको बताए । उनले भने,‘हरेक वर्ष जब मूख्यबाली धान रोप्ने बेला हुन्छ । किसानले पर्याप्त मल पाउँदैनन् । कोटा प्रणालीमार्फत मल वितरण हुन्छ । तर त्यो व्यवहारिक र सहज छैन् । किसानले ५० किलो मल माग गर्दा मुस्किलले पाँच केजी मात्र प्राप्त गर्छ ।’
त्यस्तै उनले जनताले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्ने गरेको भन्दै पर्याप्त मात्रामा मलको उलपब्ध गराउनको लागि र दुधको पैसा भुक्तानी गराउन सरकारको ध्यानाकर्षण गराए ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




