सुनको मूल्यमा वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार

news-details

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएकोे छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार ३ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(मंगलबार) छापावाल सुन प्रतितोला ५ हजार ३ सयले बढेर एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ८४ हजार ६०० मा कारोबार भएको थियो ।

आज चाँदी मूल्य पनि बढेको छ । सोमबार १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १ हजार ९ सय ६५ रुपैया कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *