रेशम चौधरीलाई रिहा गर्न सर्वोच्चले पठायो पत्र, अघिल्लो पत्र लेख्ने विष्ट प्रहरी नियन्त्रणमा
- बैशाख १७, २०८२
- 0
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुट्ने भएका छन् ।
चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाएको छ । बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने भनेको हो ।
रेशम चौधरीलाई थुनामा पठाउन भन्दै पत्र लेख्ने सर्वोच्चका कर्मचारी महिमानसिंह विष्टलाई कारबाही गर्ने तयारी भएको छ । बिस्टकै नामबाट प्रेषित पत्रका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा चलान गरेको थियो ।
शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




