जनमत-नाउपा पार्टीको एकीकरण घोषणा स्थगित
रेशम चौधरी पक्राउ गरिएकोमा जनमत अध्यक्ष राउतद्वारा भर्त्सना
- बैशाख १७, २०८२
- 0

जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा स्थगित भएको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकीकरण घोषणा कार्यक्रम स्थगित भएको जनमतका अध्यक्ष सीके राउतले जानकारी दिए ।
राउतले रेशम चौधरीलाई पक्राउ गरिएकोमा घोर भर्त्सना प्रकट गरेका छन ।
दुई पार्टीबीच बुधबार एकता घोषणा गर्ने तयारी थियो । यसका लागि देशभरबाट नेता कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमा भेला भएका थिए । चौधरी पक्राउ परेपछि नेता तथा कार्यकर्ताले प्रज्ञा परिसरमा केहीबेर नाराबाजी गरेका थिए ।
0 प्रतिक्रिया
प्रगतिशिल मञ्चको श्रम मन्त्रीलाई ध्यानाकर्षण : सिण्डिकेटको गन्ध हटाउनुहोस्

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च, नेपालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई वैदेशिक रोजगार व्यवसायीले भोग्नु परेका समस्या […]
रिहा भए नाउपाका संरक्षक रेशम चौधरी

आज पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । आज प्रज्ञा भवनमा नागरिक उन्मुक्ति पार्टी र […]
संयुक्त समितिमा सरकारको वार्षिक प्रतिवेदनमाथि छलफल सुरु

संयुक्त समिति आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदनमाथिको छलफल सुरु भएको छ । बुधबार सिहंदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, […]
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पुरा, प्रधानमन्त्रीले उद्घाटन गर्दै

कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक आयोजना हुन लागेको कोशी लगानी सम्मेलनको भोली (विहिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका […]
रेशम चौधरीलाई रिहा गर्न सर्वोच्चले पठायो पत्र, अघिल्लो पत्र लेख्ने विष्ट प्रहरी नियन्त्रणमा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुट्ने भएका छन् । चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाएको छ । बुधबार […]