आज तीन संसदीय समितिको बैठक बस्दै
- बैशाख ९, २०८२
- 0
संघीय संसद अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज बस्दैछ ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको ७० औँ बैठक दिनको २ः३० बजे सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल गरिने कार्यसूची रहेको छ ।
यस्तै, आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । खानेपानी मन्त्री प्रदिप यादवको उपस्थितीमा विहान ११ बजे बैठक बस्न लागेको हो ।
सिंहदरबारमा बस्ने बैठकमा खानेपानी, सरसफाइ र स्वच्छताका सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारवाही/कार्यप्रगति र अगामी आर्थिक वर्षको बजेट/कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका बारेका छलफल गरिने कार्यसूची रहेको छ ।
यसैगरी आज विधायन व्यवस्थापन समितिको ६३ औँ बैठक बस्ने भएको छ । सिंहदरवारमा अपराह्न १ बजे बस्ने बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




