अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको अध्यक्षमा अरुण अधिकारी

news-details

विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरिएको छ ।

सन् २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी निर्विरोध निर्वाचित भएका छन् । भेलामा निर्वाचित कार्यसमितिले नेपाली खानाको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार, गुणस्तर अभिवृद्धि तथा नेपाली सेफहरूको पेशागत क्षमता विकासमा संस्थागत रूपमा क्रियाशील हुने प्रतिबद्धता जनाएका छन ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्याम अम्गाईं, उपाध्यक्षहरूमा सूर्य भण्डारी, साइकुमार शर्मा, श्याम भण्डारी, महासचिवमा दीपक कार्की, सचिवमा बलराम खतिवडा, सहसचिवमा राजकुमार गिरि चयन भएका छन् ।

यसैगरी, कोषाध्यक्षमा विष्णु खत्री र सहकोषाध्यक्षमा हरिराज घिमिरे चयन भएका छन् । सदस्यहरूमा उद्दव श्रेष्ठ, फनिन्द्र पन्त, लक्ष्मण सापकोटा, राम शेन, बरुण सिंह, लालबहादुर कौशल, वासुदेव भुसाल, रेशमबहादुर लामा, हुमन लिम्बु, कुमार तिमिल्सिना, ईश्वर पन्त, सुवास थापा, सरोज थापा, शखबिर लामा, कृष्णहरि सापकोटा, बाबुराम कार्की, दीपक मरासिनी, अमरदीप कार्की, दीपक भुसाल, विनोद सोनी, बिमल कार्की, टेक खनाल, गोविन्द राई, रामकुमार जोशी, प्रकाश बुढाथोकी, वेदप्रसाद अधिकारी चयन भएका छन् ।

यसैगरी, सोसाइटीको प्रवक्तामा युवराज तामाङ चयन भएका छन् ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नवगठित कार्यसमितिका अध्यक्ष अरुण अधिकारीलगाएत सबै पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । पर्यटनमन्त्री पाण्डेले विश्वभर नेपाली स्वाद चखाउन र नेपाली स्वादकै कारण पर्यटक भित्र्याउन सकिने जनाउँदै विश्वबाट आएका सेफहरुलाई पर्यटन दूतका रुपमा काम गरेर पर्यटक भित्र्याउन सहयोग गर्न आग्रह गरे । उनले सेफहरुको सम्मेलन सफल भएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *