संघीय संसद्का तीन समितिको बैठक बस्दै
- बैशाख ५, २०८२
- 0
संघीय संसद् अन्तर्गतका ३ वटा समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने जनाइएको छ ।
जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१–८२ माथि छलफल हुनेछ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुने जनाइएको छ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।
साथै, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ः०० बजेबाट सुरू हुनेछ । उक्त बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




