नेपाल बार एसोसिएसनमा मिश्रको प्यानल नै विजयी

news-details

नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा विजयप्रसाद मिश्र विजयी भएका छन्।

नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहको मिश्र प्यानलनै बिजयी भएको छ ।

आज सम्पन्न मतगणनाबाट मिश्र नेतृत्वको प्यानलै विजयी भएको हो । डा. मिश्रले निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठलाई २ हजार ४३१ मतान्तरले पराजित गरे ।

मिश्रले ५ हजार ५२ मत पाउँदा श्रेष्ठले २ हजार ६२१ मत पाएका छन्। निर्वाचनबाट महासचिवमा केदारप्रसाद कोइराला निर्वाचित भएका छन्।

मिश्र प्यानलकै उम्मेदवार कोइरालाले ४ हजार ८७४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *