प्रचारबाजीको लागि मात्र होइन, जनताले महशुस गर्नेगरी काम गरौँ : मन्त्री सिंह
- चैत्र २८, २०८१
- 0

शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताले महशुस गर्नेगरी विकासका कामहरु गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खाली प्रचारबाजीको लागि मात्र नभएर जनताले महशुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको बताए ।
उनले भने, ‘अब हामीले खाली प्रचारबाजीको लागि यो गर्यौँ, त्यो गर्यौँ भन्ने होइन कि जनताले महशुस गर्नेगरी नै अब चाहिँ हामीले काम गरेर देखाउने समय चाहिँ आइसकेको छ । त्यो अनुसार हामीले काम अगाडि बढाउनुपर्छ । जे जति योजनाहरु हामीले अहिले सम्पन्न गरेको छौँ । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरुलाई अगाडि बढाउँदा जनतालाई सुसूचीत गराउनुपर्छ ।’
त्यस्तै, उनले नदीहरुको करिडोर बनाउने काम प्रभावकारी रुपमा अगाडि बढाउने पनि प्रतिबद्धता जनाए । ‘आउने बजेटमा बागमती विष्णुमती सबै नदीमा हामीले गर्ने भनेको नदीहरुमा नबसाउनको लागि हामीले गर्नुपर्ने के हो रु त्यसमा योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाए छैन् । नदीहरुको करिडोर बनाउने जुन काम छ । त्यसलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउनको लागि सबैसँग समन्वय गरेर व्यवस्थित रुपमा सुरु गर्न लाग्नुपर्छ’ उनले भने ।