आज तीनवटा संसदीय समितिको बैठक बस्दै
- चैत्र २८, २०८१
- 0

आज संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।
बिहीबार पूर्वाधार विकास समितिको ४९औँ बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने छ ।
बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ । बैठकमा चालु आर्थिक वर्ष २०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको ५७औँ बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ ।
0 प्रतिक्रिया
शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको […]
वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो

पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान ७ बजेदेखि हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा […]
संघीय संसद्का तीन समितिको बैठक बस्दै

संघीय संसद् अन्तर्गतका ३ वटा समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने जनाइएको छ । […]
काठमाडौंसहित यी स्थानमा आज वर्षाको सम्भावना

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मधेसहित देशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम […]
रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, महाधिवेशन फागुनमा सार्ने निर्णय

रास्वपाले सातै प्रदेशका इन्चार्ज तोकेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो । जस अनुसार […]