बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
- चैत्र २७, २०८१
- 0
रौतहटको बागमती खोलामा नुवाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । बागमती खोलाको किनारमा नदिजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा जमेको पानीमा डुबेर युवकको ज्यान गएको हो ।
वृन्दावन नगरपालिका वडा नम्बर १ तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । अत्याधिक गर्मी भएपछि नुवाउन युवक नजिकको बलेरी स्थित बागमती खोलामा पुगेको स्थानीय बताउँछन् । स्थानीयवासीका अनुसार उत्खननपछि बनेको गहिरो खाडलमा जमेको पानीमा नुवाउने क्रममा प्रजाको मंगलवार बेलुका ज्यान गएको हो ।
खाडलको औसत गहिराई पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ । घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




