आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

news-details

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ ।

यस्तै, महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, रातिमा भने देशभर मौसम मूख्यतया सफा रहनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *