संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै
- चैत्र २२, २०८१
- 0

संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा काठमाडौंको तीनकुनेमा यही चैत १५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयसँग छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
0 प्रतिक्रिया
गृहमन्त्रीले लिए घाइते रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे […]
सरकारले सुशानमा कुनै सम्झौता गर्दैन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशानमा कुनै सम्झौता नगर्ने बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्शको ७४ औँ […]
संघीयता खारेजको माग गर्दै जनमोर्चाको प्रदर्शन

राष्ट्रिय जनमोर्चाले २०८१ चैत्र २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राजधानी केन्द्रित […]
संघ निर्वाचन : प्रथम उपाध्यक्षमा सुजित श्रेष्ठ र नरेन्द्र ढकालबीच रोचक प्रतिष्पर्धा

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत्र २९ गते हुने ३० औ साधारणसभा तथा निर्वाचनमा आगामी कार्यकालका लागि प्रथम उपाध्यक्ष पदका […]
मानव अधिकारको हनन हुनेगरी रविलाई पक्राउ गरेको भन्दै रास्वपाद्वारा आयोगको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई प्रहरीले मानव अधिकारको हनन हुनेगरी पक्राउ गरेको भन्दै मानव अधिकार आयोगलाई ध्यानाकर्षण […]