आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन
- चैत्र १८, २०८१
- 0

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहाइको माग राख्दै विरोध प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।
राप्रपा र निकटका संगठनले नेताहरूलाई झूटो मुद्दा लगाएर पक्राउ गरी कारवाही थालिएको भन्दै रिहाइको मागसहित विरोध प्रदर्शन गरेका हुन् ।
झुठा मुद्दामा पक्राउ परेका राप्रपा नेता लगायत सम्पूर्ण राष्ट्रवादी नेताहरुलाई तत्काल रिहाइ गर्नुपर्ने, शुक्रबारको घटनाका मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, घटनाको न्यायोचित छानबिन गर्ने मुख्य माग राखेर उनीहरुले प्रदर्शन गरेका हुन् ।
शुक्रबारको प्रदर्शनका क्रममा हिंसात्मक क्रियाकलापमा उक्साएको भन्दै राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणालगायत नेता कार्यकर्ता पक्राउ परेका थिए ।
0 प्रतिक्रिया
प्रधानमन्त्री ओली थाइल्यान्डमा

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौं शिखर […]
लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट […]
भारतीय दूताबासले १० वटा स्थानीय तहलाई सहयोग गर्ने, त्रिपक्षीय सम्झौता गरियो

सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच नेपालका विभिन्न स्थानीय तहलाई सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर […]
तीनकुने घटनामा मृत्यु भएका सविनको पोस्टमार्टम सकियो, आजै अन्त्येष्टि

काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएका सविन महर्जनको पोस्टमार्टम सकिएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको […]
रमादानको अवसरमा यूएईले १६६ नेपाली कैदीलाई दियो माफी

संयुक्त अरब इमिरेट्स ९यूएई०ले १६६ नेपाली कैदीहरूलाई माफी दिएको छ । रमादानको अवसरमा यस्तो माफी दिइएको परराष्ट्र मन्त्रालयले बताएको छ […]