‘इद उल फित्र’ पर्वको रौनक (तस्बिरहरू)
- चैत्र १८, २०८१
- 0

मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद)पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येको एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसँगै मनाइन्छ ।
ईद उल फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाह (भगवान्)का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ ।
चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।
0 प्रतिक्रिया
प्रधानमन्त्री ओली थाइल्यान्डमा

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौं शिखर […]
लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट […]
भारतीय दूताबासले १० वटा स्थानीय तहलाई सहयोग गर्ने, त्रिपक्षीय सम्झौता गरियो

सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच नेपालका विभिन्न स्थानीय तहलाई सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर […]
तीनकुने घटनामा मृत्यु भएका सविनको पोस्टमार्टम सकियो, आजै अन्त्येष्टि

काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएका सविन महर्जनको पोस्टमार्टम सकिएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको […]
रमादानको अवसरमा यूएईले १६६ नेपाली कैदीलाई दियो माफी

संयुक्त अरब इमिरेट्स ९यूएई०ले १६६ नेपाली कैदीहरूलाई माफी दिएको छ । रमादानको अवसरमा यस्तो माफी दिइएको परराष्ट्र मन्त्रालयले बताएको छ […]