प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गणतन्त्र पक्षधर दलहरुको बैठक बोलाइएको हो । बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ ।

गत शुक्रबार तीनकुनेमा भएको घटना र पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।