यूरो किड्स इमाडोलले बालबालिका र अभिभावकबिच मनायो वार्षिकोत्सव (फोटोफिचर)

news-details

यूरो किड्स इमाडोलले विद्यालयको वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।

महालक्ष्मी नगरपालिकाका उप–प्रमुख लक्ष्मी महर्जनको प्रमुख आतिथ्यता र विद्यालयका संस्थापक अध्यक्ष नवराज काफ्लेको सभापतित्वमा वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न गरेको हो ।

वार्षिकोत्सवकै अवसर पारेर सो विद्यालयबाट आफ्नो अध्ययन पुरा गरेका २० जना विद्यार्थीहरुलाई दिक्षान्त समारोहका बिच बिदाई गरिएको थियो । कार्यक्रममा विद्यार्थी र अभिभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै महालक्ष्मी नगरपालिकाका उप–प्रमुख महर्जनले यूरो किड्सले कार्यक्रममा बोलाएर बालबालिकाहरुले विद्यालयबाट सिकेका विभिन्न ज्ञान तथा सीप प्रत्यक्ष रुपमा हेर्न पाउँदा खुशी महशुस भएको बताइन् ।

बालबालिकाहरुको किताबी ज्ञानलाई मात्र नभई चौतर्फि विकासमा समेत ठूलो सहयोग पु¥याएको बताउँदै उपप्रमुख महर्जनले आगामी दिनहरुमा यूरो किड्स इमाडोलले मन्टेश्वरी बेस मात्र नभएर स्कूल बेसमै लगेर शिक्षा प्रदान गर्न आग्रह गरिन् । साथै यसका लागि महालक्ष्मी नगरपालिका जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता जनाइन् ।

त्यस्तै विद्यालयका संस्थापक अध्यक्ष काफ्लेले विद्यालय चलाउँन अभिभावकहरुको महत्वपुर्ण भूमिका हुने गरेको बताउँदै अभिभावकहरुले पनि आफ्नो सल्लाह र सुझाव विद्यालयलाई दिनका लागि आग्रह गरे । विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्रै सीमित नगरी अतिरिक्त क्रियाकलापहरु निरन्तर सिकाउँने गरेको उनले बताए ।

यूरो किड्सले प्रमुख प्राथमिकतामा बालबालिकाको सुरक्षा, स्वाथ्य, हाइजेनिक खाना र स्वच्छ वातावरणलाई राख्ने गरेको जनाइएको छ । साथै यूरो किड्सलाई अभिभावकले जुन विश्वास गरेर आफ्ना बच्चा विद्यालयलाई दिएका छन् त्यसलाई सधैं आत्मसात् गरेर बालबालिकालाई राम्रो हेरचाह गरेर राम्रो संस्कार दिनेमा सधैं प्रतिवद्ध भएर लाग्ने समेत अध्यक्ष काफ्लेले जनाए । साथै उनले दीक्षित भएर जाने बालबालिकाहरुलाई उज्वल भविष्यको कामना गरेका थिए ।

यस्तै युरो किड्सकी संस्थापक प्रधानाध्यापक निशा थापाले युरो किड्समा गुणस्तरीय शिक्षा प्रदान गर्नुको साथै अबिभावकको मन जितिरहेको बताइन।

सोही अवसरमा बालरोग विशेषज्ञ तथा विद्यालय चिकित्सक डा. शारदा आचार्यको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित अभिभावकहरुले विद्यालयप्रति खुशी व्यक्त गर्दै आफ्ना बालबालिककाहरुमा धेरै सकारात्मक परिवर्तन आएको बताए ।  अभिभावक तथा डा. कल्पना सिंहले विद्यालयलाई धन्यवाद दिदै यूरो किड्सका बालबालिकाहरु हरेक क्रियाकलापहरुमा अब्बल रहेको बताइन् ।

त्यस्तै अर्का अभिभावक हेमराज ज्ञवालीले विद्यालयप्रति खुशी व्यक्त गर्दै यूरो किड्स आफूले सोचेभन्दा राम्रो विद्यालय रहेको बताए ।

कार्यक्रममा शिक्षक तथा बालबालिकाहरुले विभिन्न सांगीतिक प्रस्तुतिहरु दिएका थिए । विद्यालयबाट सिकेका कुराहरु जस्तै नृत्य, गायन, नाटक, योगा, उद्घोष, कराते लगायतका प्रस्तुतिहरु दिएका थिए । साथै कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्ले ग्रुपदेखि यूकेजी सम्म रहेको यूरो किड्स इमाडोल, ललितपुरमा बालबालिकाहरुलाई स्वच्छ वातावरणमा सुरक्षित तरवरले सिकाइने गरिन्छ । किताबी ज्ञानमा मात्र सिमित नभई बालबालिकालाई हरेक कुरामा सक्षम बनाउन विद्यालय लागिपरेको छ । साथै नयाँ भर्ना खुलिसकेको हुनाले आफ्ना बच्चालाई यूरो किड्समा नै भर्ना गराउन पनि विद्यालयले आग्रह गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *