अपराधिक गतिविधिहरुको अनुसन्धान हुन्छ, संलग्नहरु कारवाहीमा आउँछन् : गृहमन्त्री

news-details

गृहमन्त्री रमेश लेखकले शुक्रबारको अपराधिक चरित्रका गतिविधिहरुको अनुसन्धान गरेर कानुनी कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

शनिबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय अुनगमन गर्दै उनले सञ्चार गृहमाथि आक्रमण गर्ने, गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने नीजि र सरकारी सम्पत्ति ध्वस्त गर्ने जुन काम भयो त्यो अपराधिक भएको भन्दै यसमा अनुसन्धान गर्ने बताएका हुन् ।

उनले घाइते भएका मानिसको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको लागि सरकारले आवश्यक उपचारको व्यवस्था पनि गर्ने बताए ।

उनले भने, ‘मानिस घाइते भएका छन् उहाँहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । उनीहरुका लागि सरकारले आवश्यक उपचारको व्यवस्था पनि गर्छ र हिजो जुन अपराधिक घटना भएको छ । सञ्चार गृहमाथि आक्रमण गर्ने छानी छानी गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने नीजि र सरकारी सम्पत्ति ध्वस्त गरेर जुन चरित्रको प्रदर्शन भयो त्यो अपराधिक चरित्र हो र यसमा कानून अनुसार अनुसन्धान गरेर कारबाही हुन्छ ।’

यस्तै, उनले प्रदर्शनका नाममा भएका गतिविधिहरुको राजनीतिक दर्शन, आदर्श, सिद्धान्त र चेतनासँग टाढा टाढासम्म साइनो नभएको पनि बताए ।

उनले भने, ‘हिजो जुन प्रदर्शनका नाममा जे कामहरु भएका छन् । यसको राजनीतिक दर्शन, आदर्श, सिद्धान्त र चेतनासँग टाढा टाढासम्म पनि साइनो छैन् । यो अपराधिक र अमानवीय घटना भएको छ । त्यो पनि यो यो ठाँउमा आक्रमण गर्ने भनेर घोषणा गरेर ती कामहरु भएका छन् । मानिस घरभित्र छ भनेर थाहा हुँदाहुँदै बाहिरबाट आगो लगाइएको छ । एकजना पत्रकारको ज्यान गएको छ, प्रहरीले नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्ने क्रममा बल प्रयोग गर्नुपर्ने भयो र अर्कोको पनि ज्यान गयो । त्यसमा दुःख लागेको छ ।’

लोकतान्त्रिक गणतन्त्रका पक्षधर पार्टीहरुका कार्यालय, मिडिया हाउसहरु र सपिङ् कम्प्लेक्सहरुलाई मुख्य केन्द्रीत गरेर कामहरु भएको पनि उनको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *