तोडफोडपछि राजावादीहरुले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी
- चैत्र १५, २०८१
- 0

राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए । पछि आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् ।
प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका थिए । तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । राजवादीहरुको आमसभा समेत प्रभावित बनेको छ ।
0 प्रतिक्रिया
विश्वप्रकाशको प्रश्न : ‘तीनकुने घटनाले सबैको हृदय दुख्यो, पूर्वराजाको किन दुखेन् ?’

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तीनकुनेको घट्नामा सारा जनताको हृदय दुख्दा पूर्वराजा ज्ञानेन्द्र शाहको हृदय नदुखेको बताएका छन् । सोमबार […]
कुलमान बर्खास्तप्रति ओलीको जवाफ : ‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी हटाउने र नयाँ जिम्मेवारी दिने सामान्य प्रक्रिया भएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै […]
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी […]
‘इद उल फित्र’ पर्वको रौनक (तस्बिरहरू)

मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद)पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । […]
त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन जारी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । क्याम्पसमा स्ववियु निर्वाचन बिहान […]