तीनकुनेमा राजावादीको प्रदर्शन, रिङ्गरोड भित्र छिर्न नदिन प्रमुख लेनमा प्रहरीको बार

news-details

गणतन्त्रवादी र राजावादीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । जसका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

राजावादी समूहलाई रिङ्गरोड भित्र छिर्न नदिन बानेश्वर स्थित तीनकुनेको प्रमुख लेनमा प्रहरीले बार लगाइदिएको छ । सर्वसाधारणलाई भने साइडको लेन बाट हिँड्न दिएको छ। शङ्कास्पद गतिनिधिप्रति पनि प्रहरीले चेकिङ गरिरहेको छ। प्रदर्शनका कारण भीडभाड भएपछि ती क्षेत्रका सडकमा सवारी साधनलाई निषेध गरिएको छ ।

ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकोले सवारी साधनलाई अर्कै रुटमा डाइभर्ट गरिएको हो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *