सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
११ बजे बस्ने तय भएको प्रतिनिधि सभा बैठकअघि संसद् भवन बानेश्वरमा प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।
विपक्षी दलका सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा प्रधानमन्त्रीको जवाफ माग्दै बुधबार संसदका दुवै सदनका बैठक अवरोध गरेका छन् ।
प्रधानमन्त्रीले जवाफ नदिएसम्म विपक्षी दल संसद् बैठक चल्न नदिने रणनीतिमा छन् भने सरकार एउटा कर्मचारी हटाउँदैमा जवाफ दिइरहनुनपर्ने बताइरहेको छ ।







