मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
- चैत्र १४, २०८१
- 0

हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ ।
बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।
त्यस्तै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
0 प्रतिक्रिया
घट्टेकुलो नमुनानगर टोलको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौ महानगरपालिका वडा नं.–२९ घट्टेकुलोमा रहेको नमुनानगर टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नमुनानगर टोल सुधार समितिले त्रि.वि. लायन्स […]
सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सोमबार सरकारले सार्वजनिक बिदा दिने भएको छ । आइतबार गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी इस्लाम धर्मावलम्बीहरुको पर्व ईद […]
रवीन्द्र मिश्र र धवलशमशेरसहित ११ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

गत शुक्रबार काठमाडौंमा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ११ जनालाई थप पाँचदिन […]
संसद् बैठक सोमबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले भोलि(सोमबार) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । सत्ता र […]
दुर्गा प्रसाईंको भिडियो सन्देश : ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ’

मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नभएको भन्दै प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ […]