हरेक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान अविश्मरणीय छ : देउवा
- चैत्र ८, २०८१
- 0

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान अविश्मरणीय रहेको बताएका छन्।
कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले हरेक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान अविश्मरणीय रहेको बताए।
‘२०४६ होस वा २०६२।०६३ हरेक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान छ, त्यसलाई कांग्रेसले स्मरण गरेको छ,’ सभापति देउवाले भने।
उनले अपाङ्गता भएका ब्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्वको विषय कार्यान्वयन गर्दै अघि बढिरहेको र कांग्रेसले अझै सबै क्षेत्रलाई समेटेर अघि बढ्ने बताए।
0 प्रतिक्रिया
सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ। सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० […]
रिजन चेयर पर्सन शशीभुमी श्रेष्ठको रिजन कन्फ्रेन्स, ३ जना स्रष्टा सम्मानित (फोटोफिचर)

लायन्स इन्टरनेशनल ३२५ आई नेपाल अन्तर्गत रिजन १४ का रिजन चेयर पर्सन लायन शशीभूमी श्रेष्ठले आफ्नो रिजन कन्फ्रेन्स सम्पन्न गरेकी […]
रिटर्नी फेडेरेसको राष्ट्रिय महाधिवेशन चैत्र १५ र १६ मा हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनसंगठनको रुपमा क्रियाशील रिटर्नी फेडेरेसन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत्र १५ र १६ गते […]
भारत भ्रमण उपलब्धिमूलक रहयो, विद्युतका विषयमा पनि कुरा भयो : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री आरजु राणा देउवा ११ दिने औपचारिक भारत भ्रमण सकेर स्वदेश फिर्ता भएकी छिन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार […]
लुम्बिनी मेडिकल कलेजमा ग्लोबल आइएमई बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा […]