सिरहाका प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए

news-details

सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई ‘असक्षम’ भन्दै गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ ।

उनको कार्यकालमा प्रशासन फितलो भएको, नागरिकताको तस्करी भएको, एसईई परीक्षा मर्यादित र व्यवस्थित गर्न नसकेको लगायतको आरोप छ ।

सिरहाको औरही ५ मा दलित दीपक मरिक डोमको घर भत्काएर यज्ञ लगाउने सवालमा प्रजिअ दहालले उत्पीडकहरुलाई बचाउने भूमिका खेलेको आरोप लागेपछि गृहले उनलाई फिर्ता बोलाउने निर्णय गरेको बुझिएको छ ।

प्रजिअ दाहालको ठाउँ लिन कपिलवस्तु जिल्लामा प्रजिअ रहेका विश्व प्रकाश अर्याललाई सिरहा पठाउने निर्णय भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *