मौसम पूर्वानुमान : देशका अधिकांश भागमा मौसम सफा रहने
- फाल्गुन २२, २०८१
- 0

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले केही भू-भागमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।
आज दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ ।
यसैगरी, आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
0 प्रतिक्रिया
काठमाडौं महानगरलाई मन्त्रालयको पत्र : ‘प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई काम गर्न दिनु’

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ । मन्त्रालयबाट प्रमुख […]
बालेनको पुर्ख्यौली घरमा पुगेर प्रचण्डले भने– ‘हामी सबै मिलेर देश बनाउनु छ’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुर्ख्यौली घर पुगेका छन् । तराई–मधेश जागरण अभियानमा […]
गृहका ७ सहसचिवको सरुवा, ६ जनालाई सीडीओको जिम्मेवारी

गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । मन्त्रालयले ६ जनलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो […]
पाथीभरा केबलकार निर्माणमा बाधा पुर्याउने कुराले लगानीकर्ताको मनोबल घटायो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्याउने कुराले लगानीकर्ताहरुको मनोबल घटाएको बताएका छन । विदेशी […]
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दै, आजदेखि मिथिलाञ्चलमा होली शुरू

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवज पुग्ने भएको छ । बुधबार ध्रुवकुण्डमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री […]