राप्रपाको काठमाडौमा बृहत् मोटरसाइकल र्याली
- फाल्गुन २१, २०८१
- 0
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौमा बृहत् प्रदर्शन गरेको छ ।
आज (बुधवार) राष्ट्रिय झण्डासहित प्रदर्शनमा १९ सय बढीको सहभागितामा मोटरसाइकल ¥याली निकाल्दै राप्रपाले जनप्रदर्शन गरेको हो ।
प्रदर्शनीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अधिवक्ता स्वागत नेपालले अहिलेको व्यवस्था ढलिसकेको भन्दै अब छिट्टै देशमा राजा आउने बताए ।
‘नागरिकहरुको चेतना जागृत भएको छ । अहिलेको व्यवस्था ढलिसकेको छ । देश ग्रे लिस्टमा परेको छ ऋण पनि पाउदैन अब, सरकारले कर्मचारी संयन्त्र चलाउनै नसक्ने भएको छ । व्यवस्था ढलिसकेको छ खाली राजसंस्थाको औपचारीक घोषणा मात्र बाँकी छ ।’ उनले थप भने, ‘राजा आउने वित्तिकै स्रोत नखुलेको सबै सम्पत्ती राष्ट्रियकरण हुनेछ । विदेशमा रहेका सबै नेपालीहरु नागरिकतापूर्ण अधिकार प्राप्त हुनेछ ।’
प्रदर्शनीमा ‘राजा आउ, देश बचाऊ’ लगायत नाराहरू लगाइएको थियो ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




