आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

news-details

हाल देशभर पश्चिमी वायुका साथै पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण हाल देशका पहाडी भू-भागमा साधारणतया मौसम बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ भने तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशभर मौसम सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका प्राय स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हिमपातको सम्भावना पनि रहेको छ ।

आज राति देशका पहाडी भू-भागमा बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा भने वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *