महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई बाटो खर्च स्वरुप दक्षिणा बाँडिएको छ । शुक्रवार वर्गीकरणका आधारमा उनीहरुलाई दुई सय रुपैंयाँदेखि नौं हजारसम्म दक्षिणा प्रदान गरिएको थियो ।
पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि एक कार्यक्रम गरी उनीहरूलाई बाटो खर्चसहित बिदाइ गरिएको हो ।
साधु सन्तहरुलाई शुक्रवार दिउँसो सम्मको खाना र आवासको समेत व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।
तस्बिरहरु : बिजेन अमात्य















