साना तथा मझौला व्यवसायीहरुको छाता संस्था राष्ट्रिय व्यापार संघले महाशिवरात्रीको अवसर पारेर पशुपति क्षेत्रमा निःशुल्क फलफूल तथा जुस वितरण गरेको छ ।

स्थापना कालदेखि नै शिवरात्रीको अवसर पारेर पशुपति परिसरमा निःशुल्क फलफूल तथा जुस वितरण गर्दै आएको संघले यस वर्षपनि त्यसैलाई निरन्तरता दिएको हो ।

राष्ट्रिय व्यापार संघद्धारा निःशुल्क फलफूल तथा जुस वितरण

संघले व्यवसायीहरुका हकहितका लागि मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विभिन्न सामाजिक कार्यहरु गर्ने गरेको बताउँदै संघका अध्यक्ष हिमलाल खरालले आगामी दिनहरुमा पनि विभिन्न सेवामूलक कार्यहरु गर्दै जाने प्रतिवद्धता जनाए ।

संघले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरु रक्तदान, प्राकृतिक विपत्ति, महामारीमा राहत सामग्री वितरण, आर्थिक सहयोग, सरसफाई, खाद्यन्न तथा लत्ताकपडा वितरण जस्ता कार्यहरु गर्दै आईरहेको समेत अध्यक्ष खरालले जानकारी दिए ।

राष्ट्रिय व्यापार संघद्धारा निःशुल्क फलफूल तथा जुस वितरण

कार्यक्रममा संघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, संघका वर्तमान कार्यसमितिहरु साथै संघमा आवद्ध व्यापारी व्यवसायीहरुको उपस्थिती रहेको र थुप्रै मानिसहरुले सेवा लिएको संघका तृतिय उपाध्यक्ष वैकुण्ठ दाहालले जानकारी दिए ।