महाशिवरात्रिमा राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
- फाल्गुन १४, २०८१
- 0

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् ।
महाशिवरात्रि २०८१ का अवसरमा राष्ट्रपति पौडेलले बुधबार अपरान्ह पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् ।
उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए ।
मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।
महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।
0 प्रतिक्रिया
फोर नेसन्स च्याम्पियनसिप : म्यानमारसँग पराजित हुदा नेपाली महिला फुटबलको उपाधि सपना अधुरै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित हुदा भएको छ । बुधबार दशरथ रंगशाला भएको उपाधि भिडन्तमा घरेलु टोली […]
‘एनआरएनएका कमी कमजोरीलाई सुधार्दै सबै एक हुनका लागि एकता अभियान नै अन्तिम विकल्प हो’

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनका बेला प्रतिनिधि छनोटको विषयमा देखिएको चरम बिवाद र असन्तुष्टिले गर्दा २ फरक अधिवेशन भए […]
महाशिवरात्रिमा राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८१ का अवसरमा […]
एमालेले बोलायो सचिवालय बैठक

नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। एमालेले १८ गते आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी सचिवालय […]
नेपाली सेनाले टुँडिखेलमा मनायो स्थापना दिवस (तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको सेना दिवस २०८१ को […]