काभ्रेको धुलिखेलमा बस दुर्घटना हुदा १७ जना घाइते
- फाल्गुन १३, २०८१
- 0

काभ्रेको धुलिखेल नगरपालिका- १० सारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटना भएको छ ।
काठमाडौँबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको बस प्रदेश ३००१–००५ख ९९४२ नम्बरको बस मंगलबार बिहान काभ्रे भन्ज्याङमा दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह–चालकसहित १७ जना घाइते भएका छन् ।
घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बसमा २४ जना यात्रु सवार रहेका थिए ।
घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ । बस घटनास्थलमै रहेकोले बाटो एकतर्फी मात्र सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।
0 प्रतिक्रिया
जनताको त्याग र योगदानलाई माओवादी केन्द्रले सम्हाल्न सकेन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र युवादेखि ज्येष्ठ नागरिकसम्मको पार्टी भएको बताएका छन् । मोरङको कानेपोखरीमा आयोजित सभालाई […]
भीआईपीलाई बिना निम्तो खेल हेर्न मैदानमा नआउन एन्फाको आग्रह

अखिल नेपाल फुटबल संघ एन्फाले बिना निम्तो खेल हेर्न मैदानमा नआउन भीभीआईपी र भीआईपीहरूलाई आग्रह गरेको छ । फोर नेसन्स […]
काभ्रेको धुलिखेलमा बस दुर्घटना हुदा १७ जना घाइते

काभ्रेको धुलिखेल नगरपालिका- १० सारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटना भएको छ । काठमाडौँबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको बस […]
बेवारिसे बन्यो नागदह, जान छाडे पर्यटक

प्रमिला कार्की / ललितपुर महानगरपालिको धापाखेलस्थित नागदह ऐतिहासिक, धार्मिक एवम सांस्कृतिक महत्व बोकेको पोखरी हो । प्राकृतिक र सांस्कृतिक दृष्टिले […]
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ। […]