एनआरएनए अभियान्ता शर्माको नाममा चितवनमा ‘आरके वन्दना शर्मा’ मार्ग बन्ने
- फाल्गुन १२, २०८१
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियान्ता आरके शर्माको नाममा चितवनको भरतपुरमा ‘आरके वन्दना शर्मा’ मार्ग बन्ने भएको छ ।
भरतपुरस्थित सक्रिय टोल विकास संस्थाको अगुवाईमा बन्न लागेको उक्त मार्गलाई शर्माले आर्थिक सहयोगका साथै निजी जग्गा प्रदान गरेका छन् । संस्थाको अक्षय कोषका लागि शर्मा र उनकी पत्नी वन्दना शर्मा समेतबाट ५ लाख २१ हजार रुपैयाँ नगद सहयोग गरिनुका साथै बाटो विस्तारका लागि २७ धुर जग्गा प्रदान गरिएको छ ।
स्थानीय सक्रिय चोकदेखि उत्तरतर्फको बाटो हालसम्म ३ मिटर मात्र भएकामा शर्माले आफ्नो जग्गाबाट बाटो बढाउन दिएसँगै उक्त सडकलाई ‘आरके वन्दना मार्ग नामकरण गरिएको संस्थाले जनाएको छ ।
सो अवसरमा शर्मालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा स्थानीय बलु पाण्डे, मंगल सेवा समाजका अध्यक्ष नबिन कुमार रानासहित संस्थाका अध्यक्ष देवेन्द्र पौडेललगायतको सहभागिता रहेको कोषाध्यक्ष लाल प्रसाद शर्माले जानकारी दिए ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




