लायन्स क्लव अफ काठमाडौं टेम्पल गणेशद्धारा ‘चायल्ड क्यान्सर अवार्नेश’ कार्यक्रम आयोजना
- फाल्गुन ९, २०८१
- 0
काठमाडौं – लायन्स इन्टरनेशनल ३२५ आइ नेपालको क्लस्टर ६, रिजन ११ र जोन ५२ अन्तर्गत रहेको लायन्स क्लव अफ काठमाडौं टेम्पल गणेशले ‘चायल्ड क्यान्सर अवार्नेश’ कार्यक्रम सम्पन्न गरेको छ ।
गत बिहीवार काठमाडौंको कपनस्थित तिरुपति इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ आइ नेपालका सेकेन्ड भिडिजि लायन सुर्यकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सभापतित्व क्लवकी अध्यक्ष सुमन खरेल (शर्मा)को रहेको थियो ।
कार्यक्रममा बालबालिकाहरुलाई क्यान्सर लाग्नबाट कसरी जोगिने, कस्ता खानपानले क्यान्सर रोग निम्त्याउँछ, क्यान्सरको लक्षण के–कस्ता हुन्छन्, क्यान्सर रोग लागिसकेपछि के कस्ता उपचारहरु गर्ने भन्ने बारेमा जागरुक गराएको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिका डेपुटी डाइरेक्टर डा. मुरारीमान श्रेष्ठले जानकारी दिए । 
यस्ता चेतनामूलक कार्यक्रम हरेक विद्यालयमा गर्न आवश्यक रहेको बताउँदै क्लवकी अध्यक्ष सुमन खरेल शर्माले आगामी दिनहरुमा क्लवले सामाजिक कार्यसँगै यस्ता अवार्नेश कार्यक्रमलाई निरन्तरता दिदै जाने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा क्लष्टर चिफ लायन अनिता थापा विष्ट, रिजन चेयर पर्सन लायन मेघा तिमल्सिना, टेम्पल गणेशका भिएस्टीहरु, सारथीका पिभिएसटीहरु, अन्ततेश्वरका कोषाध्यक्ष साथै विद्यालयका शिक्षक र विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिका डाइरेक्टर स्वरुपा श्रेष्ठ र डेपुटी डाइरेक्टर डा. मुरारीमान श्रेष्ठले कार्यक्रमको संचालन गरेका थिए भने कार्यक्रमको स्पोन्सर क्यानडावासी समाजसेवी रोबिन शर्मा र प्रियन्का शर्माले गरेका थिए । त्यस्तै कार्यक्रममा वरिष्ठ गायक लाक्पा शेर्पाले मिठो संगीतका साथ कार्यक्रमको समापन गरेका थिए ।













