एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

news-details

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ ।

यस अघि बिहीबार बस्ने भनिएको बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित गरिएको थियो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।

बैठकले जनजीविका र सुशासनका सवाललाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *