फोर नेसन्स च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधि भिडन्त म्यानमारसँग
- फाल्गुन ८, २०८१
- 0
लेवनानलाई हराउँदै नेपाल फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा भएको खेलमा लेवनानलाई १–० ले पराजित गर्दै नेपालले एक खेल अगावै फाइनलमा यात्रा सुनिश्चित गरेको हो ।
खेलको ४२औं मिनेटमा सावित्रा भण्डारी साम्बाले गरेको गोल नै निर्णायक बन्यो । कर्नर बल फर्किएको बललाई डिबक्स बाहिरबाट सावित्राले गोलमा परिणत गरेकी थिइन् ।
उनको प्रहार लेबनानका खेलाडीलाई डिफ्लेक्ट प्रहार गर्दैहुँदै गोलमा परिणत भएको थियो । नेपालले अब उपाधिका लागि म्यानमारसँग खेल्नेछ ।
त्यसअघि नेपालले समूह चरणमा म्यानमारसँग खेल्नेछ । उक्त खेल फागुन ११ गते हुनेछ । उक्त खेलको विजेता टोली शीर्ष स्थानमा रहँदै फाइनल खेल्नेछ । सुरुआती दुई खेलमा पराजित हुँदै लेवनान र कीर्तिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




