आज ७५औँ प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
- फाल्गुन ७, २०८१
- 0

आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ ।
कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ ।
प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
0 प्रतिक्रिया
फोर नेसन्स च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधि भिडन्त म्यानमारसँग

लेवनानलाई हराउँदै नेपाल फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा लेवनानलाई १–० […]
पाथीभरामा प्रहरी र नो केबलबार पक्षबीच झडप

ताप्लेजुङको पाथिभरामा नो केबलबार पक्ष र प्रहरीबीच झडप भएको छ । केवलकारको विरोधमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको […]
लायन्स क्लव अफ रक्तदाता समुहद्धारा घाइते शर्मालाई ह्वील चेयर प्रदान

लायन्स इन्टरनेशनल ३२५ आइ अन्र्तगत लायन्स क्लव अफ काठमाडौं रक्तदाता समुहले करेन्ट लागि घाइते भएका सुर्खेतका बालाराम शर्मालाई ह्वील चेयर […]
राष्ट्रिय वाणिज्य बैंकद्धारा नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी, मधेश र बागमती प्रदेशका लागि प्रदेशगत रुपमा […]
गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्रीको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार […]