अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

news-details

नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले सरकारले ल्याएको अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवै गलत भएकाले असहमति रहेको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

राष्ट्रियसभामा अध्यादेश पारित गर्न निर्णायक उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकार अप्ठेरोमा परेको छ ।

अध्यादेश पारित गर्न सकस भइरहेको बेलामा नेकपा एसलाई फकाउने प्रयास भएकोमा नेकपा एसले पनि अध्यादेशको समर्थन गर्न नसक्ने जनाएपछि सरकार थप अफ्ठयारोमा परेको छ । ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *