सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न समिति गठन

news-details

सिरहाको नवराजपुरकी रिंकु सदाय मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । उक्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू रहेको प्रहरीले जनाएको छ ।

सो समितिले आजदेखि घटना स्थलमा गई घटनाको बारेमा बुझ्ने तथा अनुसन्धान कार्य प्रारम्भ गरेको छ । गत माघ ३० गते सिरहाको नवराजपुर गाँउपालिका १ भवगतीपुर टोलका विजुलीया सदायका १७ वर्षीया छोरी रिंकु आफ्नै घरको टिनको छानोमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

घटना हुनुअघि उनीमाथि स्थानीय तीनजना युवकले सामूहिक बलात्कार गरेको, त्यसको पञ्चायत गराएर मिलाउने प्रयास गरेको घटना बाहिर आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *