प्रकृति लम्साल मृत्यु प्रकरण : कलेजका कर्मचारीहरू निलम्बित

news-details

भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा कलेजका कर्मचारीहरू निलम्बित भएका छन् ।

केआईआईटी कलेजले बुधबार जारी गरेको विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू,  अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारी तथा नेपाली विद्यार्थीमाथि कुटपिट गर्ने दुईजना गार्डलाई निलम्बन गर्दै अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

घटनापछि आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीलाई कलेजका कर्मचारीहरूले कुटपिट गर्दै होस्टलबाट निकालेका थिए । कलेजले घटनामा माफी माग्दै विद्यार्थीहरूलाई क्याम्पसमा फर्काउन पहल भइरहेको पनि उल्लेख गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *