एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

news-details

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ । बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुनेछ ।

एकीकृत समाजवादीले यही फागुन ८ र ९ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । उक्त बैठकको एजेण्डा तय गर्न आज स्थायी कमिटीको बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

केन्द्रीय कमिटी बैठकले पार्टीको संगठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गर्नेछ।

यस्तै संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने बैठकमा पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गर्ने जनाइएको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया