भारतमा नेपाली छात्राको मृत्यु प्रकरण : सबै नेपाली विद्यार्थीलाई कलेज छाडन विश्वविद्यालयको निर्देशन
- फाल्गुन ५, २०८१
- 0
भारतमा एकजना नेपाली छात्रा मृत फेला परेकी छिन् ।
उनी ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत फेला परेकी हुन् । मृतक छात्रा नेपालली बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ ।
उनको मृत्युको कारण खुल्न सकेको छैन । अनुसन्धान भइरहेको बताइएको छ ।
उक्त घटनापछि विश्वविद्यालयले त्यहाँ अध्ययनरत सबै नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न निर्देशन दिएको हो ।
विद्यार्थीको मृत्युपछि, क्याम्पसका नेपाली विद्यार्थीहरूले अनुसन्धानमा पारदर्शिताको माग गर्दै विरोध प्रदर्शन गरेका थिए । उनीहरूले सडक अवरुद्ध गरे र मृतकको पूर्वप्रेमीलाई पक्राउ गर्न आह्वान समेत गरेका छन् ।
तनाव थप बढ्दै जाने देखिएपछि विश्वविद्यालयले नेपालका सबै विद्यार्थीहरूलाई क्याम्पस खाली गर्न निर्देशन दिँदै सूचना जारी गरेको हो ।
सूचनामा सोमबारभित्र विश्वविद्यालय छाडिसक्न निर्देशन दिइएको छ ।









