अध्यादेशका बारे छलफल गर्न सत्तापक्षीय दलको बैठक बस्दै
- फाल्गुन ३, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/satta-sajhedar-cover.jpg)
सत्तापक्षीय गठबन्धनको बैठक आज बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
यसअघि हिजो साँझ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रतालगायत समसामयिक विषयमा छलफल भएको थियो ।
एकै सातामा संयन्त्रको यो तेस्रो बैठक हो ।
सरकारले ल्याएका ६ वटा अध्यादेश संसदका दुवै सदनबाट स्वीकृत गराउनुपर्नेछ । ती अध्यादेश सदनमा पेस भइसकेका छन् । तर, राष्ट्रिय सभामा अध्यादेश पारित गर्न आवश्यक बहुमत जुटाउन सरकारलाई हम्मे परिरहेको छ । सरकारलाई समर्थन गरिरहेका दुई दल जसपा नेपाल र लोसपाले अध्यादेशमा समर्थन नगर्ने भनेका छन् ।
0 प्रतिक्रिया
पेट्रोलमा मूल्य बढदा डिजेल र मट्टीतेलको घट्यो
![पेट्रोलमा मूल्य बढदा डिजेल र मट्टीतेलको घट्यो](https://rojgarmanch.com/wp-content/uploads/2021/01/nepal-oil-nigam.jpg)
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको साविक मूल्यमा एक रुपैयाँ बढाएको हो । निगमले डिजेल र […]
मन्त्री पौडेल र मेयर आचार्य उच्च निगरानीमा हुनुहुन्छ : अस्पताल
![मन्त्री पौडेल र मेयर आचार्य उच्च निगरानीमा हुनुहुन्छ : अस्पताल](https://rojgarmanch.com/wp-content/uploads/2025/02/poudel-1.jpg)
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई […]
पाँच अध्यादेश संसद्मा अगाडि बढाउने सत्ता गठबन्धन दलहरुबीच सहमति
![पाँच अध्यादेश संसद्मा अगाडि बढाउने सत्ता गठबन्धन दलहरुबीच सहमति](https://rojgarmanch.com/wp-content/uploads/2025/02/satta-dal.jpg)
सत्तारुढ गठबन्धनको बैठकले संसद्मा पुगेका ६ मध्ये पाँच अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव अगाडि बढाउने सहमति गरेको छ । प्रधानमन्त्री […]
पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते
![पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते](https://rojgarmanch.com/wp-content/uploads/2025/02/PB1.jpg)
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दै गर्दा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका […]
‘भ्रष्टाचारको अन्त्यबिना राष्ट्रिय एकता कायम हुन सक्दैन’ : प्रचण्ड
![‘भ्रष्टाचारको अन्त्यबिना राष्ट्रिय एकता कायम हुन सक्दैन’ : प्रचण्ड](https://rojgarmanch.com/wp-content/uploads/2025/02/PP2.jpeg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अन्त्य नभएसम्म राष्ट्रिय एकता कायम हुन नसक्ने बताएका छन् । मकवानपुरको बागमती […]