नारायणगढ–काठमाडौँ सडक खण्डबाट त्रिशूली नदीमा मोटरसाइकल खस्दा बेपता चालक रोहित रानाको खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।
शुक्रवार बिहान ११ः ५५ बजे मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल चितवनको ईच्छाकामना गापा–५ चट्टाने भीर ९कालीखोला० मा डिभाइडरमा ठोक्किएर त्रिशूली नदीमा खस्दा राना बेपत्ता भएका थिए ।
चितवन प्रहरीका अनुसार चालक भारतीय सेनामा कार्यरत ‘गोर्खा राइफल म्यान’ रहेका छन् । भीरमा प्रहरीले पर्स फेला पारेको थियो । फेला परेको कागजात अनुसार लमजुङ घर भएका २७ वर्षीय रोहित राना हुन् ।
उनी नारायणगढबाट काठमाडौं मोटरसाइकलमा आउँदै थिए ।







