यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

news-details

सरकारले राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा.रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेर त्यँहा कार्यरत सचिव शर्मालाई आयोगमा र अख्तियारका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवमा सरुवा गरेको सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।

त्यस्तै, सरकारले बैठकले लुम्बिनी प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेर सोही प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ भने विभिन्न निकायमा कार्यरत १७ जना सहसचिवको सरुवा गर्ने पनि निर्णय गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *