काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
उनका अनुसार सोमबार राति ९ बजेतिर रविन राई र मंगलबार रातको २ बजेतिर भीमबहादुर घलेको मृत्यु भएको हो।
माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट ११ जना कामदार घाइते भएका थिए। जसमध्ये दुई जनाको मृत्यु भएको हो।
अन्य घाइतेको उपचार भइरहेको छ।







